AarthikBikash
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमवार, भदौ २९, २०८३
यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

जसको प्रभावले सोमबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । सोमबार राति पनि देशभर साधारणतया बादल लाग्नेछ ।

देशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भने राति पनि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै पछिल्लो ६ घण्टामा तनहुँको श्यामघा मौसम मापन केन्द्रमा ६५.६ मिलिमिटर र लमजुङको फालेनी मौसम मापन केन्द्रमा ५०.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

सम्बन्धित समाचार