AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे

  • मङ्लबार, फाल्गुन २२, २०८०
कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ ।पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ । सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार