AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

  • शुक्रबार, चैत्र २, २०८०
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

काठमाडौं – सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन अनुसन्धानको दायरामा परेका थिए । तर सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार