काठमाडौं-थापाथलीस्थित प्रसूति गृहबाट २६ दिने बच्चा चोरे पक्राउ परेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला काठमाडौं अदालतले उक्त आदेश दिएको होे । लगातार गर्भ खेर गएपछि आफू डिप्रेसनमा परेको र कसैलाई नभेटेपछि होस नभएर बच्चा घर लिएर जान पुगेको बयान ती महिलाले दिएकी छन् ।
दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो ।मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरेकी हुन् ।
फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन् । पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो । चोरी भएकी बालिकालाई प्रहरीले उद्धार गरी बुवा र आमाको जिम्मा लगाएको थियो ।