AarthikBikash
शनिबार, असार २९, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

  • बिहिबार, चैत्र २२, २०८०
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल-लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।

यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेसहितका पाँच बुँदे सहमति गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार