AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

  • सोमवार, चैत्र २६, २०८०
सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

काठमाडौं-सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्नेबारे नेपाली कांग्रेसले आफ्नो अडान कायमै राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो ।

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको बैठकमा सहभागि एक नेताले बताए ।

चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए ।

योसँगै भोली बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।

बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले भोली बस्ने प्रतिनिधि सभाको बैठक सहज बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरेपनि त्यसमा कांग्रेस सकारात्मक बन्न नसकेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार