mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • समाजवादी मोर्चाका दलबीच एकताको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चाका दलबीच एकताको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

  • बिहिबार, चैत्र २९, २०८०
समाजवादी मोर्चाका दलबीच एकताको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

विराटनगर-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुने बताएका छन्।

माओवादी केन्द्रको प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुन आह्वान गरे। प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले भने,‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ। समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ। बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ। हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ।’

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताए। सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको उनको भनाई छ।

प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे।

सम्बन्धित समाचार