AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

  • शनिबार, बैशाख १, २०८१
एसीसी प्रिमियर कप : आज कतारसँग खेल्दै नेपाल

काठमाडौं-एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

हिजोदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

त्यस्तै प्रतियोगितामा हिजो भएका खेलमा घरेलु टोली ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

Facebook Comments

सम्बन्धित समाचार