AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रहरी जवान घिमिरेको हत्यामा संलग्न आरोपी सार्वजनिक

प्रहरी जवान घिमिरेको हत्यामा संलग्न आरोपी सार्वजनिक

  • आइतवार, जेष्ठ ६, २०८१
प्रहरी जवान घिमिरेको हत्यामा संलग्न आरोपी सार्वजनिक

काठमाडौं – प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले हवाई फायर समेत गर्नुपरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

एसएसपी रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरिएको हो । उनले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौँ ।’

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक रहेको प्रहरीले जनाएको छ ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार तारकेश्वर नगरपालिका– ९ मनमैजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि हत्यामा संलग्न भएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरे ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए । यस घटनाको विषयमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार