विराटनगर-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राहदानी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे।
उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका विषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए।
मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको नेता कोइरालाको भनाई छ ।