AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारले आज बजेट सार्वजनिक गर्दै

सरकारले आज बजेट सार्वजनिक गर्दै

  • मङ्लबार, जेष्ठ १५, २०८१
सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट सार्वजनिक हुने भएको हो ।

आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितता बिना नै सरकारले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा करिब डेढ खर्ब रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ  ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षा मार्फत बजेट घटाउँदै आएको हो । पछिल्ला दुई वर्षमा सरकारले सवादेखि साढे २ खर्बले बजेटको आकार घटाएको छ । ठूलो आकारको बजेट ल्याउँदा आगामी वर्ष पनि यही प्रवृत्ति दोहोरिने सम्भावना छ  ।

गएको दश वर्षमा सरकारले विनियोजित बजेटको औसतमा ८० प्रतिशत मात्र खर्च गर्न सकेको छ । वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण संघीय सरकारको चालु खर्चमा लेखांकन भएकाले पुँजीगत खर्च कम रहेको सर्वेक्षणमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार