AarthikBikash
बुधबार, असार १२, २०८१
  • होमपेज
  • समाज
  • पहिरोमा खस्दा अरुण-३ आयोजनामा कार्यरत मजदुरको मृत्यु

पहिरोमा खस्दा अरुण-३ आयोजनामा कार्यरत मजदुरको मृत्यु

  • बुधबार, जेष्ठ ३०, २०८१
पहिरोमा खस्दा अरुण-३ आयोजनामा कार्यरत मजदुरको मृत्यु

संखुवासभा-संखुवासभामा पहिरोमा पुरिएर जल विद्युत आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ ।

मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो ।

पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा काेठा पहिरोमा पुरिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार