AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • खेलकुद
  • दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

  • शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित गरेको हो ।

 

टस हारेर दक्षिण अफ्रिकाले ११६ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

यस्तै अनिल साहले २७, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरीले ६, कुशल मल्लले १ रनको योगदान गरे । साथै सोमपाल कामीले ८ रन र गुलशान झाले ६ रन बनाए । कप्तान रोहित पौडेल शून्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे । नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

यस अगाडि दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

Facebook Comments

सम्बन्धित समाचार