AarthikBikash
बुधबार, असार १०, २०८३
  • होमपेज
  • खेलकुद
  • कोलम्बिया नकआउट चरणमा प्रवेश, डीआर कंगो १–० ले पराजित

कोलम्बिया नकआउट चरणमा प्रवेश, डीआर कंगो १–० ले पराजित

  • बुधबार, असार १०, २०८३
कोलम्बिया नकआउट चरणमा प्रवेश, डीआर कंगो १–० ले पराजित

काठमाडौं– डीआर कंगोलाई १–० ले हराउँदै कोलम्बिया समूह चरणबाट फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको दोस्रो खेलमा कोलम्बियाले कठिन प्रतिस्पर्धापूर्ण खेलमा डीआर कंगोलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। खेलको निर्णायक गोल ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गरेका थिए।

कोलम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो। लगातार दुई जितसँगै कोलम्बियाले ६ अंक जोड्दै समूहमा शीर्ष स्थानमा रहँदै नकआउट चरण सुनिश्चित गरेको हो। अर्कोतर्फ डीआर कंगोले पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेल्दै सकारात्मक सुरुवात गरे पनि दोस्रो खेलमा भने पराजय भोग्नुपरेको छ। कोलम्बियाको उत्कृष्ट प्रदर्शनसँगै टोलीले नकआउट चरणमा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार