काठमाडौं-यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार जेठ ३२ मा सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएकोमा त्यसपछिको साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भयो । यस्तै त्यसको भोलिपल्ट असार ३ अर्थात सोमबार घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदा मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो ।
बिहीबार भने सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ४२ हजार ८०० रुपैयाँ कायम हुन पुग्यो भने त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दै १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । समग्रमा एक सातामा असार २ देखि ७ गतेसम्मको अवधिमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
यस्तै चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ४५ रुपैयाँ बढेको देखिन्छ । जसअनुसार असार २ गते १ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी ३ गते १८००, ४ गते १८१५, ५ गते १८०५ र ६ गते १८४० रुपैयाँमा कारोबार भयो । यस्तै साताको कारोबारको अन्तिम दिन शुक्रबार १८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्लो समय सुनको मूल्य तीव्र रुपमा वृद्धि हुँदै आएको छ। सरकारले भन्सार दरमा गरेको वृद्धिका साथसाथै अन्तर्राष्ट्रिय बजारमै भएको मूल्यवृद्धिका कारण स्थानीय बजारमा सुन सुनको भाउ महँगिँदै गएको हो।