AarthikBikash
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी सरकारको रिटमा आज जवाफी बहस

कोशी सरकारको रिटमा आज जवाफी बहस

  • मङ्लबार, असार ११, २०८१
कोशी सरकारको रिटमा आज जवाफी बहस

काठमाडौं – कोशी प्रदेश सरकारको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा सोमबार प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सकिएको थियो ।

आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुनेगरी हेर्दाहेर्दैमा राखिएको छ । जवाफी बहस सकिएपछि आज फैसला आउने सम्भावना रहेको छ ।

बहसबाट संविधान र संसदीय प्रक्रिया महत्त्वपूर्ण हुन्छ अथवा संसद्भन्दा बाहिरबाट सरकार बनाउन मिल्छ भन्ने विषय टुंग्याएपछि पूर्ण इजलासले फैसला दिनेछ ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएको थियो । एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गरेपछि आफू मुख्यमन्त्री बहाल रहँदा रहँदै भएको नियुक्तिमाथि प्रश्न उठाउँदै कार्की सर्वोच्च पुगेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार