AarthikBikash
बुधबार, असार १०, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा केन्द्रीय सदस्यमा खुलातर्फ सस्मित पोखरेलको उम्मेदवारी

रास्वपा केन्द्रीय सदस्यमा खुलातर्फ सस्मित पोखरेलको उम्मेदवारी

  • बुधबार, असार १०, २०८३
रास्वपा केन्द्रीय सदस्यमा खुलातर्फ सस्मित पोखरेलको उम्मेदवारी

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ)पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता समेत रहेका  शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए।

सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिले सबैमाझ लोकप्रियता हासिल गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्। मन्त्री पोखरेलले यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख हालका प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।

सम्बन्धित समाचार