mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै

रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै

  • बिहिबार, असार २०, २०८१
रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका चार मन्त्रीले आज राजीनामा दिँदै छन्। आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएका थिए। नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ।

प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

सम्बन्धित समाचार