AarthikBikash
सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • राजनीति
  • रात्रिबस सञ्चालनमा रोक लगाउने गृह मन्त्रालयको तयारी

रात्रिबस सञ्चालनमा रोक लगाउने गृह मन्त्रालयको तयारी

  • शुक्रबार, असार २८, २०८१
रात्रिबस सञ्चालनमा रोक लगाउने गृह मन्त्रालयको तयारी

काठमाडौं-गृह मन्त्रालयले रात्रिबस सञ्चालनमा रोक लगाउने तयारी थालेको छ ।

आज बिहान दुई वटा बस त्रिशूलीमा खसेको प्रसंगलाई लिएर गृह मन्त्रालयले रात्रिबस तत्कालका लागि बन्द गर्न यातायात व्यवसायीसँग छलफल गर्न लागेको हो ।

यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुन लागेको स्रोतले बतायो ।

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।

शुक्रबार बिहान काठमाडौंबाट गौर जान लागेको र बिरगंजबाट काठमाडौं आउँदै गरेको दुई वटा बस चितवनको सिमलताल भन्ने ठाउँमा त्रिशूलीमा बेपत्ता भएको थियो ।

दुवै बसमा यात्रुसहित ५४ जना बेपत्ता छन् । अहिले त्रिशुलीमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरको माध्यमबाट बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार