AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले भने : भेटेरभन्दा म्यासेन्जरमा बधाई दिनू, माला, खादा पनि नल्याउनू

प्रधानमन्त्री ओलीले भने : भेटेरभन्दा म्यासेन्जरमा बधाई दिनू, माला, खादा पनि नल्याउनू

  • बुधबार, साउन २, २०८१
प्रधानमन्त्री ओलीले भने : भेटेरभन्दा म्यासेन्जरमा बधाई दिनू, माला, खादा पनि नल्याउनू

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भेटमा खादारमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका हुन् । उनले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि प्रयोग नगर्न आग्रह गरे ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ।

प्रधानमन्त्री ओली गत आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । अहिले उनलाई बधाई दिन प्रधानमन्त्री कार्यालयमा बाक्लो भिड नै लाग्ने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार