AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

  • शनिबार, साउन ५, २०८१
सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौं-नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।

अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले  स्वीकृति गरिसकेको छ ।

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ ।

उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए ।

२०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार