AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली सरकारबाट माओवादी बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारबाट माओवादी बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

  • सोमवार, साउन ७, २०८१
कर्णाली सरकारबाट माओवादी बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडौं– कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त प्रदेश सरकारमा सहभागी माओवादी चार मन्त्रीहले राजीनामा दिएका छन् । सोमबारर पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका उनीहरूले सोमबार नै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएको बताइएकोे छ ।

मन्त्रीहरुले राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेका थिए । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् । यी चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार