AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • स्वर्णिम वाग्लेलाई बाबुरामले भने : बेलैमा भुल सच्याउनु राम्रो होला

स्वर्णिम वाग्लेलाई बाबुरामले भने : बेलैमा भुल सच्याउनु राम्रो होला

  • आइतवार, साउन २०, २०८१
स्वर्णिम वाग्लेलाई बाबुरामले भने : बेलैमा भुल सच्याउनु राम्रो होला

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् वाग्लेलाई अभिव्यक्ति बेलैमा सच्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश÷क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकनिम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”

वाग्लेले एक अभिव्यक्तिमार्फत् भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आसयको अभिव्यक्ति दिएपछि विरोध भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार