AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • वर्तमान सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्छ : उपप्रधान सिंह

वर्तमान सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्छ : उपप्रधान सिंह

  • शनिबार, साउन २६, २०८१
वर्तमान सरकारले जनताको निराशालाई चिर्ने गरी काम गर्छ : उपप्रधान सिंह

काठमाडौं-उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान सिंहले यस्तो बताएका हुन् ।

उनले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताए। उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए।

अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए।

उपप्रधान सिंहले भने,‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरी भएको सहमतिको जगमा यो सरकार बनेको तपाईंहरूलाई थाहै छ ।’

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए।

आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार