mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक ५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

  • बिहिबार, भदौ २०, २०८१
स्थायित्व र विकासका लागि नेपालमा दुई दल भए पुग्छ : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् ।

सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट गरे ।महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’

महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए ।फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए ।

सम्बन्धित समाचार