AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

  • बुधबार, भदौ २६, २०८१
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद बैठक बोलाइएको हो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन्।प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो ।

Facebook Comments

सम्बन्धित समाचार