AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाज
  • नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

  • शुक्रबार, अशोज १८, २०८१
नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी सञ्चालनमा रोक

काठमाडौं-चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात व्यवस्था विभागले सूचना निकालेर ट्रेलर लगायतका ठूला सवारी साधनसञ्चालन गर्न रोक लगाएको हो ।

तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्न पाउँछन्।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने।’

विभागले दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ।

यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार