AarthikBikash
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • दशैं मनाउन एक हप्तामा तीन लाख भन्दाबढीले छोडे उपत्यका

दशैं मनाउन एक हप्तामा तीन लाख भन्दाबढीले छोडे उपत्यका

  • सोमवार, अशोज २१, २०८१
दशैं मनाउन एक हप्तामा तीन लाख भन्दाबढीले छोडे उपत्यका

काठमाडौं-दशैंका लागि उपत्यका छोड्नेको संख्या लगभग ३ लाख पुगेको पाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेदेखि आइतबार बेलुकासम्म उपत्यका विभिन्न ठाउँबाट बाहिरिनेको संख्या ३ लाख १८ हजार ६ सय ४९ पुगेको हो ।

पछिल्लो ७ दिनमा नागढुङ्गा नाकाबाट मात्र २ लाख ८२ हजार ८ सय ८ जना उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अन्य नाका भएर पनि यात्रुहरू बाहिरिने क्रम जारी छ ।

घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दशैं मनाउन गाउँ फर्किनेको संख्या बढ्दै गइरहेको छ। त्यसै गरी हवाई मार्गबाट बाहिरिनेको संख्या १ लाख पुगेको पाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार