AarthikBikash
आइतवार, मंसिर २, २०८१
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचनमा गठबन्धन गर्ने माओवादी र एकीकृत समाजवादीको तयारी

उपनिर्वाचनमा गठबन्धन गर्ने माओवादी र एकीकृत समाजवादीको तयारी

  • शनिबार, मंसिर १, २०८१
उपनिर्वाचनमा गठबन्धन गर्ने माओवादी र एकीकृत समाजवादीको तयारी

काठमाडौं-स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्ने तयारी थालेका छन् ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन गर्नेगरी छलफल सुरु भएको हो ।

एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र एकीकृत समाजवादी मिलेर जान तयार रहेको स्रोतले बतायो ।

४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो।

दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीका बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।

तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपनि माओवादीले पनि नेकपा एससहित मोर्चामा आबद्ध दलहरुसँग सहकार्य गर्न लागेको हो।

समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्।

Facebook Comments

सम्बन्धित समाचार