धनगढी-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका नेताहरुसँग कुनै असमझदारी नभएको बताएका छन् ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न धनगढी पुगेका नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरे।
देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनको भनाई छ ।
तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ ।
नेता कोइरालाले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे ।
कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।