mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • रविलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

रविलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

  • बिहिबार, पुस २५, २०८१
रविलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री रविमाथि पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग छ ।

सहकारी ठगीको अनुसन्धानका शिलशिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएपछि लामिछाने पुस १४ गते सांसद पदबाट निलम्बनमा परेका थिए । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत ३१ करोड २६ लाख मागदाबीसहित लामिछानेविरुद्ध अभियोजन गरिएको थियो ।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यस्तै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी र गितेन्द्रबाबु राईकी सहयोगी भनिएकी लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ।

सम्बन्धित समाचार