AarthikBikash
सोमवार, माघ १४, २०८१
  • होमपेज
  • राजनीति
  • गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड

गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड

  • शनिबार, माघ १२, २०८१
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड

दाङ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमाफिया, दलाल र बिचौलियाकाविरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको बताएका छन् ।

माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए ।

जनयुद्धकै क्रममा आफूले यो दिन आउने चर्चा गरेको प्रचण्डले स्मरण गरे। प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताए ।

जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताए ।

Facebook Comments

सम्बन्धित समाचार