AarthikBikash
शुक्रबार, फाल्गुन २३, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने

  • शनिबार, फाल्गुन ३, २०८१
काठमाडौंका यी स्थानमा आज सात घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोंगबु फिडरअन्तर्गत पर्ने स्थानमा बिजुली काटिनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोंगबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ ।

सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवं रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार