mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • शिक्षा/स्वास्थ्य
  • आजदेखि एसईई सुरु,पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिने

आजदेखि एसईई सुरु,पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिने

  • बिहिबार, चैत्र ६, २०८१
आजदेखि एसईई सुरु,पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिने

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। गत वर्षको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यो वर्षको परीक्षामा ४९ हजार २८६ परीक्षार्थी बढेका छन्।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने व्यवस्था गरिएको छ। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।

यो वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार