AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तोलामा ६०० रूपैयाँले घट्यो सुनको मूल्य

तोलामा ६०० रूपैयाँले घट्यो सुनको मूल्य

  • सोमवार, चैत्र १०, २०८१
तोलामा ६०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

सम्बन्धित समाचार