AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • खेलकुद
  • चारदेशीय टी-२० शृङ्खला : कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

चारदेशीय टी-२० शृङ्खला : कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

  • आइतवार, चैत्र ३०, २०८१
चारदेशीय टी-२० शृङ्खला : कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं-हङकङमा जारी चार देशीय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

टस जितेर नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको थियो।

पहिलो दुई खेल जितेको नेपाल अपराजित रहेर ५ अंकसहित शीर्षस्थानमा थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहयो ।

कुवेतले शनिबार कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो ।

कतारले बनाएको १ सय २४ रनलाई कुवेतले १० ओभरमा १ सय २७ रन बनाउँदै पूरा गरेको थियो ।

नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार