AarthikBikash
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • मङ्लबार, बैशाख २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं  – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३. १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ।

बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ।

Facebook Comments

सम्बन्धित समाचार