AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

  • मङ्लबार, बैशाख ९, २०८२
ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

एजेन्सी – हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी भावना नियन्त्रण, विश्वविद्यालय प्रशासनमा सुधार र विविधतालाई अभिवृद्धि नगर्ने जस्ता कार्य गर्न आफूले दिएको निर्देशनलाई हार्वर्ड विश्वविद्यालयले अस्वीकार गरेको भन्दै संघीय सरकारमार्फत दिइने २.२ अर्ब डलरको डलरको रकम (कोष) रोक्का गरेको थियो ।

विश्वविद्यालयको करमुक्त (कर नलाग्ने) स्ट्याटस माथि पनि चुनौती दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार