AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • नीति तथा कार्यक्रमले सत्ताधारी दलका सांसदहरूमा नै उत्साह छैन् : प्रचण्ड

नीति तथा कार्यक्रमले सत्ताधारी दलका सांसदहरूमा नै उत्साह छैन् : प्रचण्ड

  • सोमवार, बैशाख २२, २०८२
नीति तथा कार्यक्रमले सत्ताधारी दलका सांसदहरूमा नै उत्साह छैन् : प्रचण्ड

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा नगरेको बताएका छन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।’

प्रचण्डले दुईतिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको बताए ।

सम्बन्धित समाचार