काठमाडौं– शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । हिजो भने सुन चाँदिको मूल्य स्थिर थियो ।
अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । भदौ ९ गते प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य त्यसयता लगातार बढिरहेको थियो । तर आज भने मूल्य स्थितर भएको हो । भदौ १० गते मंगलबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेर तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै भदौ ११ गते बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेर तोलाको एक लाख ९९ हजार रुपैयाँ पुगेको थियो भने भदौ १२ गते विहिबार प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी भदौ १३ गते शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बन्यो । उक्त दिन सुनको मुल्य दुई लाख नाघ्यो । तोलामा १ हजार २ सयले बढेर शुक्रबार सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको थियो ।
दिन दिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले भदौ १५ गते आइतबार पनि बढ्यो । आइतबार तोलामा ३ हजार रुपैयाँ बढेको सुनको मूल्य भदौ १६ गते सोमबार ७ सय रुपैयाँले बढेर २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै भदौ १७ गते मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनायो । उक्त दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य भदौ १८ गते बुधबार २ हजार रुपैयाँ बढेर २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।