AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ओली बयान दिन जानुपर्छ : पोखरेल

ओली बयान दिन जानुपर्छ : पोखरेल

  • शुक्रबार, पुस ४, २०८२
ओली बयान दिन जानुपर्छ : पोखरेल

काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

बुधवार सम्पादकहरूसँगको अन्तरसंवादमा उनले सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना कुरा राख्न जानुपर्ने बताए।

उनले आफू ओलीको ठाउँमा भएको पहिले नै बयान दिइसक्ने पनि बताए।

उनले भने, ‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन होलान्। तर आयोगले बोलाएको कुरा स्वभाविक हो। त्यसप्रतिको अवज्ञाले राम्रो गर्दैन।’

सम्बन्धित समाचार