AarthikBikash
शनिबार, बैशाख ५, २०८३
  • होमपेज
  • समाज
  • आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • शनिबार, बैशाख ५, २०८३
आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार