AarthikBikash
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाज
  • सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु

  • आइतवार, बैशाख ६, २०८३
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना : ४ जनाको मृत्यु

दाङ – सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्  । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ ।

‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको  गाडी शनिबार साँझ बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका दुर्घटनामा परि बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्ण बहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको छ ।

तीन जनालाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले मृत घोषणा गरेका हुन् भने एक जनाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए।

दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ का भुपेन्द्र कँवर,भुल बहादुर थापा, जुग सिंह पुन ,कुल बहादुर राना, अम्मर सिहं कँवर, डम्मर घर्ती र जनक थापा गम्भीर घाइते भएका छन्।

सम्बन्धित समाचार