काठमाडौं – सरकारले काठमाडौंको सिनामंगलस्थित सुकुमबनासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिँदै डोजर चलाउन सुरु गरेको छ ।
यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा पनि डोजर चलाएर बस्ती खाली गराइएको थियो । थापाथलीको बस्ती हटाइसकेपछि सरकारले सिनामंगलमा पनि
सुकुम्बासी बस्तीका घरटहरा भत्काउन डोजर चलाएको हो ।
स्थानीय प्रशासनको समन्वयमा भइरहेको उक्त कार्यका क्रममा बस्तीमा रहेका संरचनाहरू क्रमशः हटाइँदै लगिएको छ ।
यता तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाउन सुरु गरेको छ ।
घरटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा परिचालन गरिएका प्रहरीले पनि सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ ।