काठमाडौं – प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सभामुख डीपी अर्यालले छलफल गरेका छन्।
सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका थिए।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी उक्त बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरू सहभागि छन।
बैठकमा सबै सत्ता पक्ष र विपक्षका प्रमुख सचेतकहरू उपस्थित रहँदा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ ।
बैठकमा सचेतक र सभामुख अर्यालबीच संसद् सञ्चालनलाई प्रभावकारी बनाउने, आगामी अधिवेशनमा उठ्ने विषयवस्तु तथा संसदीय समन्वयलाई थप व्यवस्थित गर्ने भन्ने विषय छलफल भइरहेको छ ।