काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
दलका नेता भीष्मराज आङदेम्बेले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।
यस्तै आजै कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दैछ ।
बैठक आज दिउँसो ३ः०० बजे कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।