AarthikBikash
शुक्रबार, बैशाख २५, २०८३
  • होमपेज
  • राजनीति
  • न्याय सम्पादनलाई थप जनमुखी बनाउन शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो : प्रधानमन्त्री

न्याय सम्पादनलाई थप जनमुखी बनाउन शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो : प्रधानमन्त्री

  • शुक्रबार, बैशाख २५, २०८३
न्याय सम्पादनलाई थप जनमुखी बनाउन शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनलाई थप प्रभावकारी, तीव्र र जनमुखी बनाउन न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएका छन् ।

संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (पीएचडी) गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई सर्वोच्च जिम्मेवारी दिन निर्णय गरिएको हो।सचिवालयका अनुसार वर्षौँदेखि सर्वोच्च अदालतमा थाती रहेका मुद्दाको चाप कम गर्दै न्याय सम्पादनमा गतिशीलता दिन सक्ने नेतृत्वको खोजी भइरहेका बेला परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/०८१) अन्तर्गत गरिएको कार्यसम्पादन मूल्याङ्कनमा डा. शर्मा समकालीन न्यायाधीशहरूमध्ये सबैभन्दा अगाडि देखिनुभएको छ।’

सर्वोच्च अदालतको तथ्याङ्क उद्धृत गर्दै सचिवालयले डा। शर्माले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाएको जनाएको छ। यो संख्या अन्य प्रस्तावित न्यायाधीशको तुलनामा सबैभन्दा बढी भएको दाबी गरिएको छ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २ हजार १ सय ८१ मुद्दा किनारा लगाएको उल्लेख गर्दै सचिवालयले न्याय सम्पादनमा उनको सक्रियता, कार्यक्षमता र गतिलाई असाधारण उपलब्धिका रूपमा व्याख्या गरेको छ।

सम्बन्धित समाचार