AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • संसद् सचिवालयका ट्रेड युनियन खारेज

संसद् सचिवालयका ट्रेड युनियन खारेज

  • शुक्रबार, बैशाख २५, २०८३
संसद् सचिवालयका ट्रेड युनियन खारेज

काठमाडौं – संघीय संसद् सचिवालयले ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएको छ।

सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएका हुन्।

सूचनामा भनिएको छ, ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ सालको अध्यादेश नं। ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ रहेको व्यवस्था संशोधन गरेपश्चात् संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेका संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गराइन्छ।’

सम्बन्धित समाचार