AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमपछि कांग्रेसको प्रदेशस्तरीय भेला कर्णालीमा, सोमबार र मंगलबार गर्ने

सुदूरपश्चिमपछि कांग्रेसको प्रदेशस्तरीय भेला कर्णालीमा, सोमबार र मंगलबार गर्ने

  • आइतवार, बैशाख २७, २०८३
सुदूरपश्चिमपछि कांग्रेसको प्रदेशस्तरीय भेला कर्णालीमा, सोमबार र मंगलबार गर्ने

सुर्खेत – नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र मंगलबार कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला आयोजना गर्न लागेको हो।

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, पार्टीतर्फका प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुख तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्षको सहभागिता रहनेछ।

भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत शीर्ष नेता कर्णाली आउने कार्यक्रम छ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुने भेलामा आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने कांग्रेसले जनाएको छ।

यसैगरी भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे  छलफल हुनेछ ।

त्यसअघि कांग्रेसले शनिबारदेखि आयोजना गरेको दुइदिने प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सुदूरपश्चिमको धनगढीमा जारी छ ।

भेलामा कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका संयोजक शर्मा र सभापति थापा पनि उपस्थित छन् ।

सम्बन्धित समाचार