AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • राजनीति
  • साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

  • मङ्लबार, जेष्ठ १२, २०८३
साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

पर्सा – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि रिहा भएका हुन् ।

राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

विभिन्न युट्युब च्यानल लिएर वीरगन्ज पुगे प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह, राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील अभिव्यक्ति दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर पहिलो तीन दिन र दोस्रो पटकमा चार दिन गरी म्याद लिएको थियो ।

त्यसपछि सोमबार प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागसहित पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

पर्सा अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो ।

सरकारविरुद्ध आक्रात्मक अभिव्यक्ति दिने र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्दै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन् ।

सम्बन्धित समाचार